बिहीबार, वैशाख ११, २०८२

काठमाडौंमा खोप लगाउनेको घुइँचो

नेपालखोज २०७८ भदौ ६ गते १५:५०

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार पनि कोभिड–१९ विरुद्धको खोप लगाउने क्रम जारी छ ।

। शुक्रबारदेखि ४० वर्ष माथिका र प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परिक्षार्थीलाई काठमाडौंका विभिन्न केन्द्रबाट एस्ट्राजेनिका खोप लगाउन सुरु गरिएकोे थियो । आइतबारपनि विद्यार्थी तथा ४० वर्ष माथिका व्यक्तिहरु खोप लगाउनका लागि लामवद्ध भएका हुन् ।

शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडाका खोप केन्द्रका साथै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र सञ्चालन गरिएको छ ।

खोप लगाएर मात्रै परिक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई दबाब बढेसँगै कक्षा ११ र १२ का परिक्षार्थीलाई खोप लगाइएको हो ।

प्रतिक्रिया