आइतबार, वैशाख ७, २०८२

सामसुङ ग्यालेक्सी एम ३२ को लन्च पर्सि

नेपालखोज २०७८ भदौ ७ गते १३:१२

काठमाडौं । सामसुङले सामसुङ ग्यालेक्सी एम-३२ फाइभ-जीलाई २५ अगस्तमा भारतमा लन्च गर्ने जनाएको छ । के छ त सामसुङको यो नयाँ धमाकामा ? जान्नु होस यसका फिचर्स :

दक्षिण कोरियाको कम्पनी सामसुङले बाजारमा ग्यालेक्सी एम सिरिजको एउटा नयाँ मोडल ग्यालेक्सी एम-३२ फाइभ-जी बजारमा उतार्दै छ । यो फोन भारतमा पर्सि अर्थात २५ अगस्त ( भदौ ९ गते, बुधबार) लन्च गरिने बताइएको छ ।

विशेषता :
स्पिड र मल्टीटास्किङका लागि यो फोनमा MediaTek Dimensity ७२० SoC को प्रयोग गरिएको छ । यो फोनले १२ फाइभ जी ब्यान्डलाई सपोर्ट गर्छ । त्यसका अतिरिक्त यो फोनमा पूरै दुई वर्ष नि:शुल्क अपग्रेड (अपरेटिङ सिस्टम) प्राप्त गर्न सकिनेछ ।

सामसुङ ग्यालेक्सी एम ३२ फाइभ जीमा ५००० एमएएचको ब्याटरी उपलब्ध हुनेछ । यसमा फोटोग्राफीका लागि रियर प्यानलमा ट्रू ४८ एमपी क्वाड रियर क्यामेरा सेटअप प्राप्त हुनेछ भने सेल्फी र भिडियो कलिङका लागि १३ मेगापिक्सलका फ्रन्ट क्यामेराको सुविधा रहनेछ ।

यो फोन Knox Security का साथ आउनेछ । यसमा ६ दशमलव ५ इन्चको एचडी प्लस इनफिनिटी-वी डिस्प्ले जडान गरिएको छ । यो फोनको रिफ्रेस रेट भने सार्वजनिक भएको छैन ।

मूल्य कति होला त ?
सामसुङको यो लेटेस्ट फोन ४ जीबी र ६ जीबी र्‍याम अप्सनका साथ बजारमा आउनेछ र यसको अन्तर्राष्ट्रिय बजार मूल्य ३२ हजार रुपैयाँ आसपास रहने अनुमान गरिएको छ ।

सामसुङ ग्यालेक्सी एम-३२ को स्पेसिफिकेसन्स
परफमेन्स MediaTek Dimensity 720 MT6853V , डिस्प्ले ६.५ इन्च , स्टोरेज ६४ जीबी क्यामेरा ४८ एमपी प्लस ८ एमपी प्लस ५ एमपी प्लस २ एमपी ब्याटरी ५००० एमएच ।

प्रतिक्रिया