बिहीबार, वैशाख ११, २०८२

सुरु हुँदै केबीसी-१३

नेपालखोज २०७८ भदौ ७ गते १६:५७

मुम्बई । क्विज शो ‘कौन बनेगा करोडपति’ सिजन-१३ आजदेखि सोनी इन्टरटेनमेन्टबाट प्रशारणमा आउँदै छ । केबीसी सिजन-१३ को सञ्चालन पनि बलिउड मेगास्टार अमिताभ बच्चनले गर्दै छन् ।

यो सिजनको पहिलो शोमा बच्चनले सर्वाधिक लोकप्रिय गेम शो कौन बनेगा करोडपतिको २१ वर्ष लामो सानदार यात्राको अनुभव साट्नेछन् । उनले कौन बनेगा करोडपतिका ती दिन सम्झने छन् जब आजको जस्तो प्रविधि उपलब्ध थिएन । त्यति बेला भारतीय क्रिकेट टिमका वर्तमान कप्तान विराट कोहली केवल १२ वर्षका थिए भने टोकियोमा हालै सम्पन्न ओलम्पिकको भाला फ्याँक्ने स्पर्धामा स्वर्ण पदक जितेका नीरज चोपडा केवल ३ वर्षका थिए ।
बिग बीले केबीसीमा आफ्नो सुरुवाती दिनका जानकारी त बाँड्नेछन् नै यो कार्यक्रम कसरी तयार गरिन्छ त्यो पनि देखाउनेछन् ।

यो शोको नयाँ सिजनमा टाइमरलाई ‘धक-धक जी’ नाम दिइएको छ । अब हरेक शुक्रबार शोका लागि ‘सानदार शुक्रबार’ हुनेछ जसमा सुपरिचित हस्तीहरुले सहभागिता जनाउनेछन् । ‘फास्टेस्ट फिंगर फस्ट’ अब ‘फास्टेस्ट फिंगर फस्ट-ट्रिपल टेस्ट’ का रुपमा आउनेछ । यसमा प्रतियोगीले एउटा होइन तीनवटा प्रश्नको सही उत्तर दिनुपर्नेछ । कोरोनाका कारण गएको सिजनमा नअटाएको ‘अडियन्स पोल’ शीर्षकको लाइफलाइन यसपटक फर्किएको छ ।

शो र प्रतियोगीबारे कार्यक्रममा बच्चनले भनेका छन्, ‘यदि म कसैलाई हटसिटमा आमन्त्रित गर्छु भने त्यो मैले उसलाई मेरो घरमा आमन्त्रित गरेजस्तै हो ।’

प्रतिक्रिया