बिहीबार, वैशाख ११, २०८२

सुरक्षाको स्वरमा ‘तीज’

नेपालखोज २०७८ भदौ ७ गते १८:०४

काठमाडौं । नेपालीहरुको चाड ‘तीज’ नजिक आइरहेको समयमा विभिन्न तीजका गीतहरु बजारमा आइरहेका छन् ।

यसैबीच अमेरीकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको शव्दमा ‘तीज’ गीत सार्वजनिक भएको छ । सुरक्षा सेन्चुरीको स्वर रहेको यो गीतमा संगीत विकास चौधरीको छ ।

भिडियोमा अनु शाह र सीमा चौधरीको अभिनय छ । केही सिनेमा तथा सयौं म्युजिक भिडियोमा अभिनय गरेकी अनुलाई रातो साडी र सिउँदो भरी सिन्दुरमा सजिएर यस भिडियोमा अभिनय गरेकी छन् ।

गीतमा कमल राईले कोरियोग्राफ्री गरेका छन् । भिडियोकी निर्देशक उषा मलाह सिम्रन हुन् । शिव ढकालको छायांकन रहेको भिडियोको सम्पादन वीरबहादुर थारुले गरेका छन् ।

प्रतिक्रिया