बिहीबार, वैशाख ११, २०८२

अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाइने

नेपालखोज २०७८ भदौ ७ गते २१:५५

काठमाडौं । सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने कार्य सुरु गरिसकेको जानकारी दिए ।

पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ । अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो ।

हालसम्म अफगानिस्तानबाट ५ सय ४ जना नागरिकको सरकारले उद्धार गरिसकेको छ ।

No description available.

प्रतिक्रिया