कन्हैयासिंहको नेतृत्वमा इनास अमेरिका ! (तस्बिरसहित)

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को नयाँ नेतृत्व चयन भएको छ । इनास अमेरिकाको केन्द्रीय अध्यक्षमा गायक, संगीतकार कन्हैयासिंह परियारको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो ।
इनास विश्वको ७० राष्ट्रमा स्थापना भएको नेपाली कलाकारहरुको बृहत् संस्था हो । तन्दुरी पार्टी प्यालेस कार्यक्रमको हल भर्जिनिया फेरफेक्समा भएको इनासको तेस्रो अधिवेशनमा करिब डेढ सय नेपाली कलाकारको सहभागिता रहेको नवनिर्वाचित अध्यक्ष कन्हैयासिंहले नेपालखोजलाई जानकारी दिए ।
कार्यक्रममा इनास ग्लोबलका उपाध्यक्ष साबु गदाल कार्की, बानाका निवर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त, नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल, इनास ग्लोबलका सचिव हरि शर्मालगायतको उपस्थिति थियो । इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामाको सभापतित्वमा भएको कार्यक्रममा नायिका अरुणिमा लम्साल, नायक मुकेश ढकाल, चरित्र अभिनेता राजु बजाज, वरिष्ठ गायक मधु क्षेत्री, पुराना गायक वसन्त खड्कालाई सम्मान गरिएको थियो ।
रमेश मैनालीले सञ्चालन गरेको कार्यक्रम हसोल्लासका साथ सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको तेस्रो अधिवेशनले केन्द्रीय कार्यसमितिमा कन्हैयासिंहको अधक्ष्यतामा १७ सदस्य कार्यसमितिको गठन गरेको हो ।

यस्तै इनासको भर्जिनिया राज्यको कार्य समितिमा, राहुल केसीको अध्क्षतामा २० सदस्य कार्य समिति बनाइएको छ । मेरिलेन्ड राज्यको कार्य समितिमा सिर्जन ताम्राकारको नेतृत्वमा ३३ सदस्य कार्य समितिको गठन गरिएको छ । यसैगरी पेन्सलभेनिया राज्य कार्य समितिमा विकास घले गुरुङको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको गठन गरियो भने केन्टकी राज्यको कार्य समितिमा अर्जुन थापाको अध्यक्षतामा २८ सदस्य कार्य समिति गठन भएको केन्द्रीय अध्यक्ष कन्हैयासिंहले जनाए ।

हेरौं कार्यसमितिका सदस्यहरुको नामावली :






प्रतिक्रिया