सार्वजनिक भयो भिभो वाई-३३ एस, पाँचवटा क्यामेराका साथ दमदार प्रोसेसर

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी भिभोले अगस्त २३ मा एउटा नयाँ स्मार्टफोन भिभो वाई ३३ एस सार्बजनिक गरेको छ । यो फोनले एड्रोइड ११ अपरेटिङ सिस्टममा काम गर्छ । यसमा १२८ जीबी इन्टरनल स्टोरेज दिइएको छ ।
यो फोनको अन्तर्राष्ट्रिय बजार मूल्य २७ हजार जस्तो पर्छ । यो फोनमा ५००० एमएएचको ब्याट्रीका साथ अक्टा-कोर मिडियाटेक हिलियो जी-८० प्रोसेसर जडान गरिएको छ । यो फोन पाँचवटा क्यामेराले सुसज्जित भएको बताइन्छ ।
स्पेसिफिकेसन्स
भिभो वाई ३३ एस फोनमा ६.५८ इन्चको फुल एचडी प्लस डिस्प्ले दिइएको छ, जसको रिजोल्युसन २४००×१०८० पिक्सल छ । यो फोनले एड्रोइड ११ बेस्ड फनटच ओएस ११.१ मा काम गर्छ । यो अक्टा-कोर मिडियाटेक हिलियो जी-८० प्रोसेसरले युक्त फोनमा ८ जीबी र्याम तथा १२८ जीबी इन्टरनल स्टोरेज दिइएको छ । यसको इन्टरनल स्टोरेज माइक्रो एसडी कार्डको मद्दतले १ टीबीसम्म बढाउन सकिन्छ ।
क्यामेरा
फोटोग्राफीका लागि भिभो वाई ३३ एस स्मार्टफोनमा ट्रिपल रियर क्यामेरा दिइएको छ । यसको प्राइमेरी क्यामेरा ५० मेगापिक्सलको भएको बताइएको छ । यसमा २ मेगापिक्सलको माइक्रो स्नेपर र २ मेगापिक्सलको डेप्थ सेन्सर पनि छ । सेल्फी र भिडियो कलिङका लागि यो फोनमा १६ मेगापिक्सलको फ्रन्ट क्यामेरा उपलब्ध गराइएको छ ।
पावर र कनेक्टिभिटी
पावरका लागि भिभो वाई ३३ एस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री जडान गरिएको छ । जुन १८ वाटको फास्ट-चार्जिङ सपोर्टका साथ उपलब्ध हुन्छ । कनेक्टिभिटीका लागि यसमा डुअल-ब्यान्ड वाई-फाई, ब्लुटुथ ५.०, जीपीएस र टाइप-सी पोर्ट आदि फिचर दिइएको छ । सेक्युरिटीका लागि यसमा साइड-माउन्टेड फिगंरप्रिन्ट सेन्सर प्रयोग भएको पाइन्छ ।
रियलमी ८ प्रो सँग टक्कर
भिभो वाई ३३ एस स्मार्टफोनको मुख्य प्रतिस्पर्धा रियलमी ८ प्रो सँग हुने अनुमान गरिएको छ । रियलमीको यो स्मार्टफोन क्यामेराको दृष्टिले जबरदस्त मानिन्छ । रियलमीको ८ प्रो मा १०८ मेगापिक्सलको एक तथा ८ मेगापिक्सल र २ मेगापिक्सलका दुई-दुई वटा रियर क्यामेरा उपलब्ध हुन्छ । सेल्फीका लागि यसमा १६ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिइएको छ । अन्य फिचरमा यसमा ६.४ इन्चको डिस्प्ले ६ जीबी र्याम र १२८ जीबी स्टोरेज दिइएको छ । रियलमी ८ प्रोको अन्तर्राष्ट्रिय बजार मूल्य २८,५०० रुपैयाँ जति पर्छ ।
प्रतिक्रिया