बिहीबार, वैशाख ११, २०८२

निषेधाज्ञाको मापदण्ड फेरियो,राति ८ बजेपछि सवारी सञ्चालनको अनुमति

नेपालखोज २०७८ भदौ ८ गते १७:००

काठमाडौं । उपत्यकामा राति ८ बजेपछि पनि सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको हो । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज (मंगलबार) भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघिको ब्यवस्था हटाएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिए ।

साविक बमोजिमको भदौ १६ गतेसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको उनको भनाइ छ । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने नियम थियो ।

प्रतिक्रिया