स्रोत नखुलेको ८५ लाखसहित तीनजना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ८५ लाख ९६ हजार सहित तीन जना पक्राउ परेकाछन ।
आज मंगलबार अन्दाजी एक बजे काठमाडौंको खिचापोखरी बाराको सिमरा उपनगरपालीका वडा नं २ घर भई हाल काठमाडौ चण्डोल वस्ने ३२ बर्षिय लक्षमण पौडेलले बोकेको झोलामा अवैध रकम ३१ लाख सहित शंकास्पद अवस्थामा फेला परेको थियो ।
उनलाई पक्राउ गरी वृत्त जनसेवामा लगेर सोधपुछ गर्दा अभिशेष अग्रवालले उक्त रकम दिएको पत्ता लागेको हो । रिन्कु भन्ने अभिशेष अग्रवाललाई खोजी गर्दा फसिकेव स्थित राजेन्द्र स्थापितको घरमा रिन्कुले संचालन गरेको होलिडे टे«डिङ प्राईभेट लिमिटेडमा उक्त रकम फेला पारेको प्रहरीले जनाएको छ ।
खानतलासी गर्दा निजको साथवाट ५४ लाख ५६ हजार फेला परेको बताइएको छ । सोधपुछ गर्दा स्रोत खुलाउन नसकेको हुँदा कामदार मधुसुधन खडकासहित निजहरुले समानन्तर वैकिङ्ग कारोवार (हुण्डी) हुन सक्ने भएकोले अनुसन्धान भैरहेको प्रहरीेले जनाएको छ ।
प्रतिक्रिया