बुधबार, वैशाख १०, २०८२

आजदेखि तेह्रथुम पावरको आईपीओ

नेपालखोज २०७८ भदौ ९ गते ६:४१

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको आठ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कुल निष्कासनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फन्डका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । उक्त आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया