आइतबार, वैशाख ७, २०८२

कम बजेटमा आईफोन-१३ का सिरिज, सुविधा उस्तै

नेपालखोज २०७८ भदौ ९ गते ८:००

काठमाडौं । यदि तपाईं आईफोनको मूल्य घटोस् भन्ने चाहनुहुन्छ वा आफ्नो कम बजेटले आईफोन किन्न मिलोस् भन्ने चाहना राख्नुहुन्छ भने अब तपाईंको सपना साकार हुनसक्छ । अपकमिङ आईफोन-१३ ले तपाईंलाई पक्कै निरास गर्दैन । भनिन्छ आईफोन-१३ मिनी बजेट फ्रेन्डली अथवा अफोर्डेबल हुनेछ ।

एप्पलले आगामी महिना अर्थात् सेप्टेम्बरसम्ममा मिनी बजेटको आईफोन सिरिज लन्च गरिसक्ने अनुमान लगाइँदै छ । यो सिरिजअन्तर्गत आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो तथा आईफोन १३ प्रो म्याक्स अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुनेछन् ।

एप्पलको नयाँ आईफोन १३ सिरिज अन्तर्गतका फोनहरु कहिले सार्वजनिक हुन्छन् आधिकारिक रुपमा केही बताइएको छैन । यद्यपि यो आफ्नो सामान्य समयसीमाभित्रै बजारमा आउनेछ । विश्लेषकहरुका अनुसार, एप्पल कम्पनीले आईफोन १३ मिनीसमेत आगामी पिढीको आईफोन सेप्टेम्बरको तेस्रो साता लन्च गर्नेछ ।

आईफोन १३ मिनीको डिजाइन, क्यामेरा प्लेसमेन्टलगायत अरु स-साना कुरा हेर्दा यो आईफोन-१२ भन्दा धेरै अलग देखिँदैन । भनिन्छ यो नयाँ आईफोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरका साथ एउटा नयाँ कनेक्टर पिन पनि हुनेछ ।

आईफोन १३ मिनीमा ५.४ इन्चको एलटीपीओ डिस्प्लेले ६० एचजेडको रिफ्रेस रेट सपोर्ट गर्ने बताइएको छ । आईफोनको यो डिभाइस नयाँ ए-१५ बायोनिक चिपसेटद्वारा सञ्चालित हुनेछ जुन ४ एनएम प्रोसेसर मा आधारित हुनसक्छ । यो फोन २४०६ एमएएचको ब्याट्रीले सुसज्जित हुनेछ । आईफोन १३ का सबै ४ भेरियन्टमा अपग्रेडेड अल्ट्रा वाइड एंगल लेन्सका साथ सेन्सर पनि रहनेछ ।

विभिन्न रिपोर्टमा एप्पलले आईफोन १३ सिरिजका फोनको मूल्य आईफोन १२ सरह नै राख्ने अपेक्षा गरिएको छ । आईफोन १३ मिनीको अन्तर्राष्ट्रिय बजार मूल्य ६९९ डलर बाट सुरु हुनसक्छ ।

प्रतिक्रिया