बिहीबार, वैशाख ११, २०८२

सिन्धुपाल्चोकमा बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो

नेपालखोज २०७८ भदौ ९ गते १४:५६

काठमाडौं ।सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ३५ जना घाइते भएका छन् ।

लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका–३ छापगाउँमा दुर्घटना भएको हो । ब्रेकमा समस्या आएपछि यात्रु ओरालेर परीक्षण गरी पुनः यात्रु चढाएपछि बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना हुन लागेको देखेपछि भाग्न लाग्दा दुई जनालाई बसले किचेर घटनास्थलमै मृत्यु भएको हो । अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । घाइतेमध्ये १६ जनाको सदाबहार अस्पताल, खाडीचौर र बाँकीलाई धुलिखेल र काठमाडौं पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया