नेप्से राताम्मै, ४८ अंकले घट्दा १२ अर्बको सेयर किनबेच

काठमाडौं । नेप्सेको उच्च गिरावटले आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ५६ अंकले घटेको नेप्से आज ४८ दशमलव ४२ अंकले घटेर तीन हजार ७६ दशमलव ४४ अंकमा झरेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ६७ अंकले घटेर पाँच सय ६७ दशमलव ९९ अंकमा झरेको छ । आज दुई सय २७ कम्पनीको एक लाख १८ हजार नौ सय ७२ पटकको कारोबारमा एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १२ अर्ब नौ करोड २१ लाख तीन हजार पाँच सय चार रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार हुँदा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २९ दशमलव ४७ अंकले घटेर दुई हजार ३२ दशमलव ३४ झरेकोमा निर्जिवन बिमा समूहको समूहको सूचक पनि चार सय २२ दशमलव ५३ अंकले घटेर १४ हजार चार सय ६६ दशमलव तीन अंकमा झरेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि तीन सय ५४ दशमलव ७४ अंकले घटेर १७ हजार सात सय २१ दशमलव ९४ अंकमा झरेकामा विकास बैंक, जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।
आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार हजार सात सय २६ रुपैयाँ ३० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा खानीखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने नौ दशमलव ९८ प्रतिशतले घटेर तीन सय ५७ रुपैयाँ ३० पैसामा कारोबार भएको छ ।
यसैगरी आज अरुण काबेली पावर लिमिटेडको प्रतिकित्ता सात सय ८८ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा ४८ करोड ७१ लाख पाँच हजार तीन सय ४६ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया