बिहीबार, वैशाख ११, २०८२

२ हजार ४८२ संक्रमित थपिए, ४४ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ ९ गते १७:०६

काठमाडौं । नेपालमा थप दुई हजार ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७११ जनाको पीसीआर परीक्षणमा १ हजार ८६२ र ५ हजार ५७९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न अस्पतालबाट १ हजार ७८१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया