दार्चुला तुइन प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन
नेपालखोज
२०७८ भदौ १० गते १६:२७

काठमाडौं । राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ।
दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरी दोषीलाई कानुनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो। सिंहदरबारमा बिहीबार बसेको बैठकले पीडितलाई क्षतिपूर्ति दिन समेत भनेको छ ।
गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामी भारतीय एसएसबीले तुइन खोलि दिएपछि बेपत्ता भएका थिए।
उक्त घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। संसदीय समितिले व्यास क्षेत्रको स्थानीय बासिन्दाको सुरक्षा तथा आवत जावतका लागि सडक, पुल लगायतका पूर्वाधार यथाशीघ्र निर्माण गर्न समेत सुझाव दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया