एसबिआई बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता
नेपालखोज
२०७८ भदौ १० गते १९:५९

काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता भएको छ ।
हायर पर्चेज कर्जामा सहकार्य गर्ने बिषयमा उक्त सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट बैकका रिटेल बैंकिङ प्रमुुख बद्रिलाल अमात्य र सिप्रदीका तर्फबाट अनुपमणि ढकालले हस्ताक्षर गरेकाछन ।
कार्यक्रममा बैकका तर्फबाट प्रमुख कर्जा अधिकृत बिनोद कुमार ढुंगेल एवं सिप्रदी टे«डिङका तर्फबाट अन्य उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिती रहेको थियो ।
बैकले हाल ८८ वटा शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालय, एउटा कर्पोरेट कार्यालय र एक सय २२ वटा एटिएम काउन्टर मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया