सामसुङको बजेट फोन ग्यालेक्सी ए०३एस !

काठमाडौं । २० हजार रुपैयाँभन्दा कम बजेटको स्मार्ट फोन चाहनेहरुका लागि सामसुङले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन सामसुङ ग्यालेक्सी ए०३एस सार्वजनिक गरेको छ । यो फोनमा ट्रिपल रियर क्यामेरा सेटअप तथा अक्टा-कोर मिडियाटेक चिपसेट प्रयोग भएको छ ।
डिस्प्ले र सफ्टवेयरस् डुअल-सिम (नेनो) युक्त यो फोनमा ६.५ इन्चको एचडी (७२०x१६०० पिक्सल) इन्फिनिटी वी टीएफटी डिस्प्ले प्रयोग गरिएको छ । यो फोनले एन्ड्रोइड ११ मा आधारित वन यूआई ३.१ कोरमा काम गर्छ ।
प्रोसेसर, र्याम तथा स्टोरेज : यो फोनमा स्पिड र मल्टीटास्किङका लागि अक्टा-कोर मिडियाटेक हिलियो पी ३५ प्रोसेसरका साथ ४ जीबी र्याम र ६४ जीबी स्टोरेज उपलब्ध हुन्छ । यसको स्टोरेज माइक्रोएसडी कार्डको मद्दतले १ टेरावाइटसम्म बढाउन सकिन्छ ।
क्यामेरा : सामसुङ ग्यालेक्सी ए०३एस मा तीन रियर क्यामेरा दिइएको छ । यसमा १३ मेघापिक्सलको प्राइमरी क्यामेराका साथ २ मेघापिक्सलको डेप्थ क्यामेरा र २ मेघापिक्सलको माइक्रो क्यामेरा समावेश छ । यो फोनमा सेल्फीका लागि ५ मेघापिक्सलको फ्रन्ट क्यामेरा उपलब्ध हुन्छ ।
कनेक्टिभिटी : ग्यालेक्सी ए०३एस वाईफाई, फोर जी एलटीई, ब्ल्युटूथ ५.०, जीपीएस, ३.५ मिलीमिटरको हेडफोन ज्याक तथा यूएसबी टाइप-सी पोर्ट आदिले सुसज्जित छ । सुरक्षाका लागि यो फोनको साइडमा फिङ्गरप्रिन्ट सेन्सर जडान गरिएको छ ।
ब्याट्री : यो फोनमा पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री प्रयोग भएको छ ।
मूल्य : यो फोनको ३ जीबी र्यामम तथा ३२ जीबी स्टोरेज सुविधायुक्त भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य साढे अठार हजार जस्तो पर्छ । ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य बीस हजार जति छ । म्याट फिनिसयुक्त यो फोनका रङमा नीलो, कालो तथा सेतो विकल्प छान्न सकिन्छ ।
प्रतिक्रिया