बूढानीलकण्ठमा एभरेष्ट बैंककाे १०५औं शाखा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउनका लागि बुढानिलकण्ठ, काठमाडौंमा आफ्नो १०५औं शाखा सञ्चालनमा ल्याएको छ ।
शाखा उद्घाटन कार्यक्रममा एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिकाका, वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्तरुपमा बुढानिलकण्ठ, काठमाडौं शाखाको उद्घाटन गरेका छन् ।
उक्त उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य दिपककाजी तुलाधर, एभरेष्ट बैंक वाग्मती प्रदेशका प्रादेशिक–प्रवन्धक सन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
यसै उद्घाटन समारोहमा काकार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमारले बुढानिलकण्ठको बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेको छ ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय, १३७ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
प्रतिक्रिया