सुविधायुक्त मोटोरोला एज २० प्रो ! (मूल्यसहित)

काठमाडौं । केही दिनअघि मोटोरोला कम्पनीले आफ्नो एज २० सिरिजका दुई स्मार्टफोन लन्च गरेको थियो । अहिले यही सिरिजको अर्को परिस्कृत भर्सन मोटोरोला एज २० प्रो पनि लन्च गरिसकेको छ । मोटोरोला एज २० प्रोको ग्लोबल भेरियन्ट ६.७ इन्चको ओएलईडी डिस्प्लेका साथ उपलब्ध हुन्छ जसको रिफ्रेस रेट १४४ हर्ज छ । यो फोन स्नेपड्रागन ८७० प्रोसेसरले सुसज्जित छ जसमा १२ जीबी र्याम दिइएको छ ।
कनेक्टिभिटीका लागि यो फोनमा फाइभ जी, फोरजी एलटीई, वाईफाई ६, ब्लुटुथ भी ५.१, जीपीएस/ए-जीपीएस, एनएफसी तथा यूएसबी टाइप-सी पोर्टजस्ता फिचर्स उपलब्ध हुन्छन् । यो फोनमा ४५०० एमएएचको ब्याट्री दिइएको छ । जसलाई ३० वाटको टर्भोपावर फास्ट चार्जिङले सपोर्ट गर्छ ।
मोटोरोला एज २० प्रो को मूल्य
गएको जुलाईमा ग्लोबल लन्च हुँदा मोटोरोला एज २० प्रोको अन्तर्राष्ट्रिय बजार मूल्य ६९९.९९ युरो थियो । जुन १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेजयुक्त भेरियन्टको मूल्य हो । यो फोन इन्डिगो विगन वेदर र मिडनाइट ब्लु कलरमा उपलब्ध हुन्छ । यही महिना चिनियाँ बजारमा मोटोरोला एज एस प्रोका रुपमा उतारिएको यो फोनको स्थानीय बजार मूल्य २४९९ युआन छ । यो मोटोरोला एज एस प्रोको ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेजयुक्त भर्सनको मूल्य हो ।
क्यामेरा
यो फोनले एड्रोइड ११ मा काम गर्छ । यसमा २५६ जीबी स्टोरेजका साथ ट्रिपल रियर क्यामेरा उपलब्ध हुन्छ । जसको प्राइमरी सेन्सर १०८ मेगापिक्सलको छ । यसमा १६ मेगापिक्सलको अर्को अल्ट्रा-वाइड सेन्सर पनि छ भने ८ मेगापिक्सलको फाइभएक्स हाई-रिजोल्युसन अप्टिकिल जुम र फिप्टिएक्स सुपर जुम टेलिफोटो लेन्स पनि उपलब्ध हुन्छ । सेल्फीका लागि यो फोनमा १६ मेगापिक्सलको सेन्सर दिइएको छ ।
प्रतिक्रिया