दमदार ब्याट्रीका साथ भिभो वाई-२१, मूल्य कति ?

काठमाडौं । भिभोको स्मार्टफोन भिभो वाई-२१ को अन्तर्राष्ट्रिय लन्चिङ भइसकेको छ । यो फोनमा ५००० एमएएचको ब्याट्री प्रयोग भएको छ । यो फोन १३ मेघापिक्सलको क्यामेराका साथ दुई कलर अप्सनमा उपलब्ध हुन्छ । यसमा मिडिया टेक हिलियो पी-३५ प्रोसेसर दिइएको छ । यसको डिजाइन स्लिम छ ।
स्पेसिफिकेसन
भिभो वाई-२१ मा ६.५१ इन्चको एचडी प्लस ९१६००×७२०० डिस्प्ले प्रयोग भएको छ जसमा सिंगल सेल्फी क्यामेराका लागि वाटरड्रप न्याच दिइएको छ । यो फोनले डुअल-सिम कार्ड सपोर्ट गर्छ । यो फोनले एड्रोइड ११ फ्युनटच ११.१ अपरेटिङ सिस्टममा काम गर्छ । यसमा ४ जीबी र्याम र १२८ जीबीसम्मको इन्टरनल स्टोरेज उपयोग गर्न मिल्छ भने माइक्रोएसडी कार्डको मद्दतबाट स्टोरेजलाई १ टेराबाइटसम्म बढाउन सकिन्छ ।
क्यामेरा
भिभो वाई-२१ मा डुअल रियर क्यामेरा दिइएको छ जसमध्ये प्राइमरी क्यामेरा १३ मेगापिक्सल र सेकेन्डरी क्यामेरा २ मेगापिक्सलको छ । यसको फ्रन्टमा सेल्फी र भिडियो कलिङका लागि ८ मेगापिक्सलको क्यामेरा प्रयोग भएको छ । यो फोनको क्यामेरा ऐप पोर्ट्रेट (बेसिक), पियानो, लाइभ फोटो, स्लो-मोसन, टाइम-ल्याप्स, प्रो र डीओसी जस्ता मोडका साथ आउँछ ।
मूल्य कति ?
भिभो वाई-२१ को ५००० एमएएचको ब्याट्रीले १८ वाट चार्जिङलाई सपोर्ट गर्छ । यसमा साइड फिगंरप्रिन्ट सेन्सर, फोरजी कनेक्टिभिटी, ब्लुटुथ ५.० र वाईफाई २.४ गिगाहर्ज र ५ गिगाहर्जजस्ता फिचर्स समेटिएका छन् । भिभो वाई-२१ को ४ जीबी र्याम १२८ जीबी स्टोरेज भएको भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य २५ हजार जति पर्छ । यो फोनको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको भेरियन्ट पनि चाँडै बजारमा आउने बताइएको छ । यो फोन दुई कलर अप्सन मिडनाइट ब्ल्यु र डायमन्ड ग्लोमा खरिद गर्न सकिन्छ ।
प्रतिक्रिया