मन्त्री यादवद्धारा पदभार ग्रहण
नेपालखोज
२०७८ भदौ १६ गते १४:३४

काठमाडौं । प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री विजय यादवले आज (बुधबार) पदभार ग्रहण गरेका छन् ।
यादवले आज जनकपुरधामको मुरली चोकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए ।
मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका थिए । अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरी सकेका छन् ।रासस
सम्बन्धित
प्रतिक्रिया