शाओमी-१२ मा ५० मेगापिक्सेलका तीन क्यामेरा

काठमाडौं । शाओमी-१२ को रियल क्यामेरा सेटअपमा ५० मेगापिक्सेलका तीनवटा सेन्सर रहनेछन् । यसमा स्तरीय जुम क्वालिटीका लागि फाइभ एक्स पेरिस्कोप पनि रहनेछ ।
चिनियाँ मोबाइल कम्पनी एमआई अर्थात मी को सहायक उत्पादन शाओमी अहिले नेक्स्ट-जेनरेसन फ्ल्यागसिप शाओमी-१२ मा काम गरिरहेको छ । भनिन्छ यो फोनमा प्रिमियम फिचर्स राखिएका हुनेछन् । हालै यो फोनको क्यामेरा स्पेसिफिकेसन्स सार्वजनिक भएको छ । समाचारमा जनाइएअनुसार शाओमी-१२ को तीनवटा रियल क्यामेरा सेटअपमा ५० मेगापिक्सेलको सेन्सर प्रयोग गरिनेछ । यसमा स्तरीय जुम क्वालिटीका लागि ५-एक्स पेरिस्कोप पनि रहनेछ । शाओमी-१२ मा ५० मेगापिक्सेलको मेन क्यामेरामा ५० मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स का साथै ५० मेगापिक्सेलको टेलिफोटो लेन्स हुने बताइएको छ ।
भनिँदै छ शाओमी अहिले टेन-एक्स पेरिस्कोप लेन्समा काम गरिरहेको छ, यद्यपि शाओमी-१२ लाई भने फाइभ एक्स पेरिस्कोप लेन्स अनि ५० मेगापिक्सेलको टेलिफोटो सेन्सरका साथ बजारमा उतार्ने तयारी गरिएको छ ।
स्मार्टफोनमा यस्तो कम्बिनेसन धेरै कम पाइन्छ । मी-११ अल्ट्रा मा ४८ मेगापिक्सेलको पेरिस्कोप लेन्स प्रयोग भएको थियो । तर शाओमी-१२ पचास मेगापिक्सेलको सेन्सरका साथ पेरिस्कोपलाई समेत सामेल गर्ने पहिलो स्मार्टफोन हुन सक्छ । मी-इलाभेन अल्ट्रामा पेरिस्कोप टेलिफोटो लेन्सका अतिरिक्त ५० मेगापिक्सेलको एक प्राइमरी सेन्सर तथा ४८ मेगापिक्सेलको अल्ट्रा-वाइड एंगल लेन्ससमेत राखिएको छ । शाओमी-१२ अहिले डिजाइन भेरिफिकेसनको चरणमै भएको बताइएको छ यद्यपि अहिलेसम्म जे-जति सूचना बाहिर आएको छ त्यसबाट स्पष्ट हुन्छ कि यसको हार्डवेयर डिटेल्स मी-११ भन्दा निकै अलग रहनेछ ।
भनिँदै छ शाओमी १२ नयाँ एलपीडीडीआर ५-एक्स मेमोरीले सुसज्जित हुनेछ । यो आधिकारिक रुपमा केही महिनाअघि मात्र सार्वजनिक भएको हो । यसको अधिकतम डेटा ट्रान्समिसन रेट ६,४०० एमबीपीएसदेखि ८५३३ एमबीपीएससम्म छ, जुन एलपीडीडीआर ४ एक्स को तुलनामा दोब्बर हो ।
यसमा सिग्नल इन्टिग्रिटी सुधारका लागि टीएक्सरआरएक्स इक्वलाइजेसन प्रयोग भएको छ भने रिलायबिलिटीलाई बढावा दिन स्तरीय अडप्टिभ रिफ्रेस म्यानेजमेन्ट जडान गरिएको छ । यो क्वाडकम को नयाँ सीपीयूद्वारा सञ्चालित हुनेछ जसको घोषणा फोनलाई बजारमा पठाएसँगै गरिने बताइएको छ । यो फोन डिसेम्बरसम्ममा अन्तर्राष्ट्रिय बजारमा आउन सक्छ ।
प्रतिक्रिया