४ दिन खुलेको नेप्सेमा यो साता ४७ अर्ब ७६ करोड ८७ लाखको कारोबार

काठमाडौं । यो साता नेप्से दुई हजार नौ सय २६ दशमलव ८९ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ४१ दशमलव ७७ अंकमा सीमित भएको छ । दुई सय ३० कम्पनीको सेयर पाँच लाख २८ पटकको कारोबारमा यो साता आठ करोड ३२ लाख ९० हजार आठ सय ६४ कित्ता सेयर खरिद-बिक्री भएका छन् । सोही आधारमा यो साता कुल कारोबार रकम ४७ अर्ब ७६ करोड ८७ लाख ११ हजार ८९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा केही बढी हो ।
नेप्सेमा गत साता भने दुई सय ३२ कम्पनीको चार लाख ६ हजार आठ सय २३ पटकको कारोबारमा ६ करोड ६६ लाख ६ हजार चार सय ७९ कित्ता सेयर खरिद-बिक्री भएका थिए । उक्त परिमाणमा सेयर खरिद-बिक्री हुँदा गत साता कुल कारोबार रकम ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार तीन सय ५६ रुपैयाँमा सीमित हुन पुगेको थियो । यो साता नेप्से चार कार्य दिन मात्र खुला रहेकामा पहिलो, तेस्रो र पाँचौं दिन घटेको थियो भने चौथो दिन सामान्य अंकले मात्र बढेको थियो ।
सोही आधारमा यो साता पहिलो कारोबार दिन ४९ दशमलव १८ अंकले घटेर तीन हजार ४४ दशमलव ८६ अंकमा सीमित भएको नेप्से अन्तिम कारोबार दिनमा पनि ५० दशमलव १३ अंकले घटेर दुई हजार नौ सय २६ दशमलव ८९ अंकमा सीमित भएको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पनि पहिलो दिन आठ दशमलव ५७ अंकले घटेर पाँच सय ६२ दशमलव ८८ अंकमा सीमित भएकामा अन्तिम दिन पनि आठ दशमलव नौ अंकले घटेर पाँच सय ४१ दशमलव ७७ अंकमा सीमित भएको थियो ।
यो साता अरुण भ्याली हाइड्रो पावर कम्पनी, अपी पावर लिमिटेड, युनाइटेड मोदी हाइड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएका छन् भने नेसनल हाइड्रो पावर कम्पनी, अरुण भ्याली पावर लिमिटेड आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।
यो साता नयाँ सारथि लघुवित्त वित्तीय संस्था, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोष, स्वालम्वन लघुवित्त वित्तीय संस्था र समृद्धि फाइनान्ससहित पाँच संस्थाको बोनस, साधारण एवं हकप्रद सेयर नियमित कारोबारका लागि सूचीकृत भएका छन् ।
प्रतिक्रिया