आइतबार, वैशाख ७, २०८२

नोकियाको सी-२० प्लस, यस्ता छन् विशेषता !

नेपालखोज २०७८ भदौ २० गते ८:४१

काठमाडौं । नोकिया सी-२० प्लस एउटा एट्री लेबल फोन हो । जसमा ग्राहकले दमदार क्यामेराका साथ ४९५० एमएएचको ब्याट्री प्राप्त गर्नेछन् । यो फोनको मूल्य १६ हजारको हाराहारीमा रहने अनुमान छ ।

नोकिया सी-२० प्लसमा ६.५ इन्चको एचडी डिस्प्ले दिइएको छ । यो फोनमा १.६ गिगाहर्ज अक्टा-कोर एससी ९८६३ ए प्रोसेसर जडान भएको छ । नोकियाको यो नयाँ फोन २ जीबी र ३ जीबी र्‍यामको विकल्पमा उपलब्ध हुनेछ । यो फोनको स्टोरेज क्षमता ३२ जीबीसम्म छ र त्यसलाई माइक्रोएसडी कार्डमार्फत २५६ जीबीसम्म पुर्‍याउन सकिन्छ । नोकियाको यो फोन एड्रोइड-११ गो एडिसनका साथ लन्च गरिएको छ ।

विशेष छ यो फोनको क्यामेरा
यो फोनमा ८ मेगापिक्सेलको अटोफोकस क्यामेराका साथ २ मेगापिक्सेलको फिक्स्ड फोकस क्यामेरा प्रयोग गरिएको छ । सेल्फी र भिडियो कलिङका लागि यसमा ५ मेघा पिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । खास कुरा के भने यो कम मूल्यको फोनको क्यामेरामा पनि पोर्ट्रेट मोड, एचडीआर र ब्युटिफिकेसनजस्ता फिचर्स समावेश छन् ।

पावरका लागि यो फोनमा ४९५० एमएएचको ब्याट्री उपलब्ध हुन्छ । कनेक्टिभिटीका लागि यो फोनमा वाईफाई ८०२.११ बी/जी/एन, ब्लुटुथ ४.२ , जीपीएस/ए-जीपीएस, एम्बियन्ट लाइट सेन्सर आदि फिचर दिइएका छन् ।

यो फोन अप्रिलमा लन्च भएको नोकिया सी-२० को अपग्रेडेड भर्सन हो । यो फोनमा एक वर्षको रिप्लेसमेन्ट ग्यारेन्टीसमेत दिइएको बताइएको छ ।

प्रतिक्रिया