नेप्सेमा पहिरो, ५.३ प्रतिशतले घट्यो सेयर बजार
नेपालखोज
२०७८ भदौ २० गते १३:३९

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सेयर बजार परिसूचकमा कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि कारोबार स्थगित भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ बजेसम्म १४७.३१ अंकले बजार घटेको छ । यो ५.०३ प्रतिशतको गिरावट हो ।
पहिलो दुई घण्टा भित्र ५ प्रतिशतभन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर ४० मिनेट कारोबार बन्द हुने प्रावधान छ ।
यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो ।
सम्बन्धित
प्रतिक्रिया