बिहीबार, वैशाख ११, २०८२

उपत्यकामा ३८२ घर डुबानमा, १३८ जनाकाे उद्धार

नेपालखोज २०७८ भदौ २१ गते १०:१७


काठमाडाैं । काठमाडाैं उपत्यकाका खोला किनारका बस्ती डुबानमा परेका छन् । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

प्रहरीका अनुसार काठमाडाैंकाे मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शंखमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् ।

डुबानमा परेका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ ।

यस्तै काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ । अरनिको राजमार्ग जलमग्न भए पनि बनेपाको पुलबजारबाट गाडी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । अहिले पानी पर्न कम भएपछि नदी, खोलामा पानीको सतह घट्दैछ । मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया