रियलमी जीटी फाइभ-जी, मूल्य कति ?

काठमाडौं । रियलमीले हालै आफ्नो जीटी सिरिजका दुई नयाँ स्मार्टफोन लन्च गरेको छ । यो सिरिजमा आएको रियलमी जीटी फाइभजी स्मार्टफोनमा पावरफुल स्नेपड्रागन ८८८ प्रोसेसर प्रयोग भएको छ । यसका साथ रियलमी जीटी फाइभ-जीको मास्टर एडिसन पनि सार्वजनिक भएको छ । यी दुवै फोनमा विशेष फिचर समावेश छन् । यसमा हाई रिफ्रेस रेट स्क्रिन, १२ जीबी र्याम, फास्ट चार्जिङका लागि सुपरडार्ट चार्ज आदि सुविधा दिइएको छ । यसैगरी यसको मास्टर एडिसनमा स्ट्रिट फोटोग्राफी मोड र डायनामिक र्याम आदि समावेश छ ।
स्पेसिफिकेसन्स
रियलमी जीटी फाइभजीमा १२० हर्ज रिफ्रेस रेटका साथ ६.४३ इन्चको फुल एचडी अल्मोलिड डिस्प्ले, अक्टा-कोर क्वालकम स्नेपड्रगन ८८८ प्रोसेसर, एड्रोइड ११ बेस्ड रियलमी यूआई २.०, ६४ मेगापिक्सलको प्राइमरी क्यामेरा, ४५०० एमएएचको ब्याट्री तथा ६५ वाटको फास्ट चार्जिङ सपोर्ट आदि सेवा-सुविधा उपलब्ध हुन्छ ।
रियलमी जीटी फाइभ-जीको मास्टर एडिसनमा ६.४३ इन्चको फुल एचडी तथा सुपर अल्मोलिड डिस्प्ले दिइएको छ । यो क्वालकम स्नेपड्रगन ७७८ जी प्रोसेसरले सुसज्जित छ । यसमा ८ जीबी र्याम पाइन्छ । यो फोनमन ६४ मेगापिक्सेलको मेन सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड सुटर र २ मेगापिक्सलको माइक्रो सुटर दिइएको छ । सेल्फीका लागि यसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ । पावरका लागि यो फोनमा ४,३०० एमएएचको ब्याट्री दिइएको छ । जुन ६५ वाट फास्ट चार्जिङ सपोर्टका साथ आउँछ ।
कति छ मूल्य ?
रियलमी जीटीको ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको भर्सनको अन्तर्राष्ट्रिय बजार मूल्य ३५ हजार जस्तो छ । अर्कातिर १२ जीबी र्याम र २५६ जीबी स्टोरेजयुक्त भर्सनको अन्तर्राष्ट्रिय बजार मूल्य ४० हजार जति पर्नेछ ।
रियलमी जीटी फाइभ-जीको मास्टर एडिसनको ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको सेटको अन्तर्राष्ट्रिय बजार मूल्य ४० हजारमाथि छ भने १२८ जीबी स्टोरेज तथा ८ जीबी र्यामयुक्त भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य ४५ हजार तथा २५६ जीबी भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य ५० हजार रुपैयाँ जस्तो पर्न आउँछ ।
प्रतिक्रिया