यसपालीको तीज घरमै मनाउँ : एभरेष्ट बैंक

काठमाडौ। नेपाली नारीहरुको लोकप्रिय चाड तीजलाई मध्यानजर गर्दै एभरेष्ट बैंक लिमिटेडले भावनात्मक साथै जनचेतनामुलक विज्ञापन निकालेको छ ।
चाडबाड आए लगत्तै भेटघाट, खानपिन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भएता पनि अहिलेको परिस्थितिमा सबैजना भेटघाट गरेर चाडबाड मनाउनु अत्यन्तै जोखिमपूर्ण रहेको, त्यसैले अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै, बिज्ञापन मार्फत एभरेष्ट बैंकले सबैलाई यसपालीको तीज घरमै बसी सुरक्षितरुपमा आफ्नो परिवारसँग मनाउन आग्रह गरेको छ । सो बिज्ञापन एभरेष्ट बैंकको अधिकारिक फेसबूक पेज वा युटुब च्यानलमा गएर हेर्न सकिने बैंकले जानकारी दिएको छ ।
स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय, १३७ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एसमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
प्रतिक्रिया