बुधबार, वैशाख १०, २०८२

४४ अंकले घट्यो नेप्से, ७ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ भदौ २२ गते १५:४४

काठमाडौं । नेप्से फेरि पुरानै लयमा फर्किएको छ । साताको पहिलो दिन एक सय आठ अंंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन अर्थमन्त्री जर्नाधन शर्मा प्रभाकरले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीलाई सेयर बजार सुधारको लागि काम गर्न निर्देशन दिएसँगै एक सय ६१ अंकले बढेको थियो ।

तर अघिल्लो दिनको त्यो उच्च वृद्धिदर नेप्सेमा लामो समय टिक्न सकेन । आज तेस्रो कारोबार दिन मंगलबार ४४ दशमलव १८ अंकले घटेर दुई हजार नौ सय ३६ दशमलव ६० अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव पाँच अंकले घटेर पाँच सय ४८ दशमलव ३५ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुुई सय २२ वटा कम्पनीहरुको ८६ हजार पाँच सय आठ वटा कम्पनीहरुको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा अन्य र सामूहिक लगानी कोष समूहरुको सूचक सामान्य अंकले बढेर बाँकी समूहरुको सूचक उच्च अंकले घटेका छन् ।

तीमध्ये वाणिज्य बैंक समूहको सूचक ३३ दशमलव ४९ अंकले घटेर एक हजार नौ सय ६५ दशमलव ३० अंकमा झरेकोमा जलविद्युुत समूहको सूचक पनि ५१ दशमलव पाँच अंकले घटेर तीन हजार तीन सय ४५ दशमलव २६ अंकमा झरेको छ ।

यसैगरी निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ९० दशमलव २३ अंकले घटेर १३ हजार तीन सय ३० दशमलव १८ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि तीन सय दुई दशमलव आठ अंकले घटेर १६ हजार पाँच सय ४५ दशमलव ३५ अंकमा झरेको छ ।

यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पयर्टन, उत्पादनमुलक, लघुवित्त र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

आज शुर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ५२ रुपैयाँ २० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा आरएमडिसी लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने सात दशमलव ७३ प्रतिशतले घटेर १५ सय ५८ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज युनाईटेड मोदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता छ सय सात रुपैयाँ अन्तिम मूल्यमा ६१ करोड ९२ लाख ९१ हजार छ सय ९२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया