गरिमाका ग्राहकलाई ल्यान्डमार्क रिसाेर्टमा ३५ प्रतिशतसम्मको छुट
नेपालखोज
२०७८ भदौ २३ गते ११:०६

काठमाडौं । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्वधन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले नेपालको एक प्रख्यात चेन होटेल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एन्ड स्पा’सँग डिलक्स रुममा ३५ प्रतिशत छुट, फुड एन्ड वेभरेजमा १५ प्रतिशतसम्म छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको लागि सम्झौता गरेको छ ।
सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटेलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने बैैंकले जनाएको छ ।
बैंकले हाल १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया