आइतबार, वैशाख ७, २०८२

आमा बनिन् अभिनेत्री ऋचा शर्मा

नेपालखोज २०७८ भदौ २३ गते १३:४६

काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।

उनलाई पुत्रलाभ भएको हो । शर्माले बुधबार(आज) बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् । बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएको नर्भिक हस्पिटलले बिज्ञप्ती मार्फत भनेको छ ।

शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ । आमा (शर्मा) र नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया