बिहीबार, वैशाख ११, २०८२

नबिल ब्यालेन्स्ड फन्ड-२ ले ३५ र नबिल इक्विटीले ४० प्रतिशत नगद लाभांश बाँड्ने

नेपालखोज २०७८ भदौ २३ गते १४:५४

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डले आर्थिक वर्ष २०७७–०७८ को लागि लाभांश घोषणा गरेका छन् ।

जस अन्तर्गत नबिल ब्यालेन्स्ड फण्ड–२ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । यी दुई फण्डहरुको कोष प्रर्वधक नबिल बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया