बिहीबार, वैशाख ११, २०८२

नर्भिककाे नि:शुल्क ओपिडी अभियानमा भाेलि पेट र पाचनप्रणालीसँग सम्बन्धित उपचार

नेपालखोज २०७८ भदौ २५ गते १६:३७

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत भोलि (शनिबार) पेट र पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान संचालन हुने भएको छ ।

नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. सन्दीपराज कुँवर ले फ्री ओपिडी सेवा दिने भएका हुन् । पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुले समेत डा. कुँवरको फ्री ओपीडीमा आएर स्वास्थ्य जाँच गराउनसक्ने अस्पतालले जनाएको छ ।

नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक भोली कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा भोलि डा. कुँवर बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रतिक्रिया