बिहीबार, वैशाख ११, २०८२

राष्ट्र बैंकद्वारा निक्षेप रकम सुरक्षण

नेपालखोज २०७८ भदौ २७ गते १४:३२

काठमाडौं । नेपालमा हालसम्म ६६ बैंक तथा वित्तीय संस्थाहरुमा रहेको तीन करोड एक लाख निक्षेप खातामा रहेकोे निक्षेप रकम सुरक्षण गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७८ असार मसान्तसम्ममा केही लघुवित्त वित्तीय संस्थाहरु सहित सबै किसिमका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा रहेका निक्षेप रकम सुरक्षण गरेको हो ।

यस अन्र्तगत प्र्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्धती निक्षेप रकम आठ खर्ब ११ अर्ब ६२ करोड निक्षेप सुरक्षण गरिएको छ ।

२०७६ असार मसान्तमा भने दुई करोड ६० लाख खातामा रहेको छ खर्ब ८९ अर्ब ४९ करोड निक्षेप सुरक्षण गरिएको नेपाल राष्ट्र बैैंकका सह प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको रु. एक खर्ब ४१ अर्ब बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरिएको जानकारी पनि सहप्रवक्ता पोखरेलले दिएका छन् ।

सहप्रवक्ता पोखरेलका अनुसार २०७७ असार मसान्तमा भने ६५ अर्ब आठ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो ।

प्रतिक्रिया