आइतबार, वैशाख ७, २०८२

किन बढ्दै छ क्रिप्टोकरेनन्सीको प्रभाव ?

नेपालखोज २०७८ भदौ २७ गते १५:०६

काठमाडौं । संसारभर बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीको लोकप्रियता निरन्तर बढिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपालमा नयाँ पुस्ताका उद्यमीहरुका साथै समाजका अन्य वर्गका युवाहरु पनि यसतर्फ आकर्षित भएको पाइन्छ ।

नेपालमा यसको कारोबार हुन थालेको धेरै समय नभए पनि यसमा प्रशस्तै धन र मानिस लागेको बताइन्छ । यसको कारोबार नेपालमा वैध नभए पनि कारोबारीहरुले यसमा आफ्ना लागि सुविधाजनक बाटो तयार गरिसकेका छन् ।

सम्भवतः यिनै कुरालाई मध्यनजर गरेर राष्ट्र बैंकले अस्ति मात्र एक विज्ञप्ति निकालेर क्रिप्टोकरेन्सीको कारोबार तथा माइनिङको काम नगर्न पुन: एकपटक सबैलाई सचेत गराएको छ ।

बिटक्वाइनका अतिरिक्त Dogecoin, Ethereum, XRP, Tether तथा Cardano जस्ता क्रिप्टोकरेन्सी पनि प्रचलित छन् । क्रिप्टोकरेन्सीको ब्ल्याकचेन टेक्नोलोजीमा आधारित भर्चुअल करेन्सी हो जुन क्रिप्टोग्राफीबाट सुरक्षित हुन्छ त्यसैले यसको कपी गर्न लगभग असम्भव छ ।

भनिन्छ ई-कमर्स वेबसाइट अमेजनले चाँडै आफ्ना उपभोक्तालाई बिटक्वाइन जस्तो क्रिप्टोकरेन्सीमार्फत भुक्तानी गर्ने सुविधा दिन सक्छ । यसका लागि अमेजनले आफ्नो पेमेन्ट टिममा डिजिटल करेन्सी र ब्ल्याकचेन प्रविधिका जानकारहरुलाई सेवामा लिइसकेको छ ।

प्रोडक्ट लिड गर्ने अमेजन वेब सर्भिस (एडब्ल्यूएस) सहित अमेजनका विभिन्न टिम यसमा एकसाथ काम गरिरहेका छन् । ताकि प्राविधिक रणनीति र क्षमतासहित यसलाई प्रयोगमा ल्याउन सकियोस् । अमेजनले अहिलेसम्म क्रिप्टोकरेन्सीबाट भुक्तानी स्वीकार गरेको छैन ।

कम्पनीका सूत्रहरुका अनुसार अमेजनको यो कदम क्रिप्टोकरेन्सीको संसारमा भइरहेको इनोभेसनबाट प्रेरित छ । र के कुरा पत्ता लगाउने प्रयास भइरहेको छ भने अमेजनका लागि यो नयाँ भुक्तानी मुद्रा कस्तो रहनेछ ।

एप्पलमा पनि छन् क्रिप्टोकरेन्सी हेर्ने कर्मचारी
टेक दिग्गज एप्पलले गएको मे महिनातिरै एक बिजनेस डेभलपमेन्ट म्यानेजर नियुक्त गरेको बताइन्छ । जसले डिजिटल वालेट, बीएनपीएल, फास्ट पेमेन्टस, क्रिप्टोकरेन्सी आदि वैकल्पिक भुक्तानी प्रदायकहरुसँग मिलेर काम गरिरहेको छ ।

टेस्ला र ट्‌विटर पनि आशावादी
नेक्स्ट पेमेन्ट मोड (वैकल्पिक भुक्तानी) क्रिप्टोकरेन्सीका विषयमा टेस्ला र ट्‌विटर पनि आशावादी छन् । ट्‌विटरका सीईओ ज्याक डोरसीले केही समयअघि अनलाइन क्षेत्रका लागि एउटा वैश्विक (अन्तर्राष्ट्रिय) मुद्राको आवश्यकता औंल्याएका थिए । उनले भनेका थिए हाम्रो ध्यान बिटक्वाइनमा छ किनभने यो क्रिप्टोकरेन्सीमार्फत हामी पृथ्वीको हरेक व्यक्तिसम्म पुग्न सक्छौं ।

टेस्लाका सीईओ एलन मस्कले के भनिसकेका छन् भने क्रिप्टोकरेन्सीको माइनिङका लागि प्रयोग हुने इनर्जी मिक्समा यथोचित सुधारको काम सम्पन्न भएपछि टेस्लाले बिटक्वाइनमार्फत गरिने भुक्तानी स्वीकार गर्न सक्छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया