बिहीबार, वैशाख ११, २०८२

५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ भदौ २७ गते १८:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पाँच अर्ब रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्ममा ९१ दिने अवधिको पाँच अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागिएको हो ।

पुरानो नविकरण अन्र्तगतको उक्त ट्रेजरीको परिपक्व हुुने अवधि आगामी मंसिर २८ गते तोकिएको छ । यसअघि यही भदौ २१ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको चार अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया