बैंक तथा वित्तीय संस्थाहरुको संख्या अझै घट्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या २०७६ असार मसान्तसम्म एक सय ७१ रहेको थियो । त्यसको एक वर्षपछि अर्थात २०७७ असारमा यो संख्या घटेर एक सय ५५ मा झर्यो ।
अहिले अर्थात २००७८ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या एक सय ३३ मा झरेको छ । जसअन्र्तगत २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र एउटा पुर्वाधार विकास बैंक सञ्चालनमा रहेको छ ।
तर यो संख्या अझै घट्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जर तथा प्राप्तीलाई प्रोत्साहन गर्ने नीति लिएसँगै बैंक तथा बित्तीय संस्थाहरुको संख्या अझै घट्ने देखिएको हो, नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले भने ।
सह प्रवक्ता पोखरेलका अनुसार राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गरेको थियो । सो पश्चात पश्चात् २०७८ असार मसान्तसम्म कुल दुुई सय २९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भइसेका छन् ।
सोमध्ये एक सय ७१ बैंक तथा वित्तीय संस्थाहरुको अनुमती खारेज हुन गई ५८ वटा संस्था कायम भएकाछन, सह प्रवक्ता पोखरेलले भने । राष्ट्र बैंकले क्रमिकरुपमा परिपत्रहरु जारी गर्दे चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याउँदै गरेको अवस्थामा झन्डै दुई दर्जन बैंक तथा फाइनान्स कम्पनीहरु मर्जरको प्रकृयामा रहेकारण पनि आगामी समय बैंक तथा बित्तीय संस्थाहरुको संख्यामा उल्लेख्यरुपमा कमी आउने सह प्रवक्ता पोखरेलले बताए ।
सहप्रवक्ता पोखरेलका अनुसार अहिले बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स र लघुुबित्त समेत गरी २३ वटा संस्थाहरु मर्जर तथा प्राप्तीको प्रकृयामा रहेका छन् ।
तिमध्ये पनि मर्जर तथा प्राप्तीको प्रकृयामा रहेका लघुवित्त संस्थाहरुको संख्या मात्र १९ वटा रहेको छ । सो मध्ये युनिक लघुवित्त वित्तीय संस्थाले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्नको लागि सैद्धान्तिक अनुुमती प्राप्त गरिसकेको छ भने इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले पनि एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्नको लागि अन्तिम स्वीकृती प्राप्त गरिसकेको छ ।
यसैगरी स्वष्तिक लघुवित्त वित्तीय संस्थाले पनि समाज लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्नको लागि औपचारिक प्रकृया सुरु गरिसकेको छ ।
यसबाहेक ओमी लघुवित्त वित्तीय संस्थाले ग्रामिण स्वंमसेवक लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्नको लागि प्रकृया सुरु गरिसकेको छ । यसबाहेक आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि बीपी डब्लु लघुवित्त वित्तीय संंस्था र देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रकृया सुरु गरेको छ ।
सह प्रवक्ता पोखरेलका अनुसार विजय लघुवित्त वित्तीय संस्थाले पनि खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रकृया सुरु गरेको छ । यसबाहेक मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सिर्जनशील लघुवित्त वित्तीय संस्थालाई र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रकृया सुरु गरेको छ । वाणिज्य बैंक तर्फ भने नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरको प्रकृयामा रहेको सह प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया