बिहीबार, वैशाख ११, २०८२

एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवदेन खुल्यो

नेपालखोज २०७८ भदौ २८ गते १५:०१

काठमाडौं । नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आइडिया स्टुडियो नेपालले भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको छ ।

आवदेनका लागि अक्टोबर १२ सम्म अन्तिम मिति रहेको छ । प्रदेश एक भरका इच्छुकहरुले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर आफ्नो व्यवसायिक आईडिया पेस गर्न सक्ने छन् ।

पेस भएका आवदेनमध्ये एग्री विजनेस इन्क्युबेसन प्रोग्रामका लागि उत्कृष्ट दश आईडियाहरु सर्टलिस्टेड गरिनेछ । ती आईडिया पेश गर्ने प्रतिस्पर्धीहरुले १ साता लामो वृहत उद्यमशिलता सम्बन्धि प्रशिक्षण बूटक्याम्प, पाँच महिना लामो मेन्टरशिप र व्यवसायिक विकास इन्क्युबेसनमा सहभागिताको अवसर पाउन सक्ने छन् ।

एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम अन्तर्गत सहभागीहरुले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति र वित्तिय सहयोग पाएर मार्केट रेडी कमर्शियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न सक्ने छन् ।

पत्रकार सम्मेलनमा प्राज्ञिक व्यक्ति, मिडियाकर्मी, उद्यमशिलताको क्षेत्रका कार्यरत पेशाकर्मीहरुको सहभागिता रहेको थियो । उक्त समारोहमा नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) फेज २ की सुश्री रीमा श्रेष्ठले दोस्रो चरणको बारेमा जानकरी दिनु भएको छ ।

उनले यो कार्यक्रमको लक्ष्य मकै, अलैची, डेरी र तरकारीहरु ( चार क्षेत्रहरुमा कृषि व्यापार उत्पादनहरु वा सेवाहरु को मूल्य, सेवाहरु र प्रशोधनको लागी प्लेटफर्म प्रदान गर्ने बताए ।

ल्ब्ःम्ए ( दोस्रो चरणको उद्देश्य स्थानीय संगठनहरुको क्षमता विकास गरेर अझै यस्तै कार्यक्रमहरु प्रदेश १ मा ल्याउनु हो, उनले भने । पूर्वाञ्चल विश्वविद्यालयका उप डीन सोनीला शाक्यले पोखरा विश्वविद्यालयमा इन्क्युबेसन सेन्टरको सुरुवात तथा प्रदेश १ मा एग्रि विजनेस इन्क्युबेसन प्रोग्रामको आवश्यकता बारे आफ्नो मन्तव्य राखे ।

उप डीन सोनीला शाक्यले यस्ता कार्यक्रमले उद्यमीहरुलाई अझै नविनतम विचारहरु सोच्न प्रोत्साहन गर्ने धारणा राखे । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्द्राले एग्री बिजनेस इन्क्युबेसन प्रोग्राममा मोरङ व्यापार संघको संलग्नताका बारेमा छोटो मन्तव्य दिए ।

अध्यक्ष मुन्द्राले धेरै भन्दा धेरै स्टार्टअपहरु लाई आफ्नो व्यापार बजारीकरण गर्नको लागी प्रशिक्षित गर्न आवश्यक रहेको बताए । ‘धेरै देशहरु पहिले नै उद्यमी पारिस्थितिकी तन्त्रको विकासमा लगानी सुरू गरिसकेका छन्, र यो कार्यक्रम कार्यान्वयनद्वारा निश्चित रूपमा प्रदेश १ को धेरै भन्दा धेरै उद्यमीहरुलाई मद्धत गर्ने छ’,उनले भने ।

भूमि व्यवस्थापन, एग्रिकल्चर तथा सहकारी मन्त्रालयका पशुपति पोखेलले प्रदेश एकमा कृषि आधारित इन्क्युबेसन सेन्टरको आवश्यकताका बारेमा आफ्नो मन्तव्य राख्नु् भयो । साथै कार्यक्रममा मन्त्रालयको संलग्नताबारे जानकारी दिए । पोखेलले प्रदेश १ को उद्यमी पारिस्थितिकी तंत्र निर्माण गर्न खोजिरहेको बताउँदै त्यसलाई बढावा दिनको लागी, साझेदार संगठनहरुबाट सबै प्रतिनिधि संस्थाहरु क्षमता विकास कार्यक्रममा समावेश हुने बताए ।

‘यो कार्यक्रम एक सुरुवात हो, र हामी आउने दिनहरुमा विभिन्न क्षेत्रहरुमा यो जस्तै धेरै कार्यक्रमहरु आरम्भ गर्ने लक्ष्य राख्दछौं ’ उहाले भने । कार्यक्रममा उक्त एग्री विजनेस इन्क्युबेसन प्रोग्रामको पोस्टर र वेबसाइट डब्लु डब्लुु एग्रीबिजनेश नेपाल डट कम देखाएपछि पत्रकारले आफ्ना प्रश्नहरु राखे ।

कार्यक्रमको अन्त्यमा आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले प्रदेश एकमा इन्क्युबेसन सेन्टर सुरु गर्नुको उदेश्य प्रष्टाउदै सबैलाई धन्यवाद ज्ञापन गरे ।

डा. लामाले आइडिया स्टुडियो नेपाल ३ प्रमुख क्षेत्रहरु ( ज्ञान, नीति र अभ्यास मा काम गर्दछौ आइडिया स्टुडियो भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघ जस्ता स्थानीय संगठनसंग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

आइडिया स्टुडियो नेपाल विगत सात बर्ष देखि विभिन्न स्टार्टअप र व्यवसायहरु संग नजिक बाट काम गरी रहेको छ जानकारी दिँदै क्षितिज विस्तार गर्न प्रदेश १ मा काम गर्न पाउँदा खुसी लागेको बताए । ‘ यो एक सुरुवात हो र हामी नेपाल को उद्यमी पारिस्थितिकी तंत्र लाई बढावा दिन धेरै संगठनहरु र व्यवसायहरु संग सहयोग को लागी तत्पर छौं’,डा. लामाले भने ।

प्रतिक्रिया