लक्ष्मी बैंकः जसको नाममै छ, समृद्धि र विश्वास
चुक्ता पुंजी १० अर्ब ६९ करोड, एक खर्ब १४ अर्ब ६० करोड निक्षेप रहेको बलियो बैंक

काठमाडौं । लक्ष्मी बैंक त्यस्तो बैंक हो, जसले नेपाली बैंकिङ क्षेत्रमा पहिलो पटक अर्थात सन् २००४ मा नै हाईसेफ फाईनान्सलाई मर्ज गरेको थियो । त्यसपछि यो बैंकले पछिल्लो पटक अर्थात सन् २०१७ मा क्षेत्रियस्तरको प्रोफेसनल दियालो विकास बैंकलाई आफुमा मर्ज गराएको छ ।
नेपाली बैंकिङ क्षेत्रमा सन् २००२ मा १६ औं वाणिज्य बैंकको रुपमा कारोवार शुभारम्भ गरेको लक्ष्मी बैंकले अहिले ४९ जिल्लामा एक सय ३६ शाखा, सात वटा एक्सटेन्सन काउन्टर र पाँच वटा हस्पिटल सेवा काउन्टर, एक सय ६६ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दे आएको छ ।
लक्ष्मी बैंकको नाम संगै समृद्धि र विश्वास जोडिएको छ । यो विश्वासलाई कायम गर्दे लक्ष्मी बैंक अहिले देशव्यापी पहुंच विस्तारको अभियानमा जुटेको छ ।
कोभिड १९ को विश्वव्यापी महामारी संगै उत्पन्न भएको असहज आर्थिक अवस्थाका बावजुत पनि बैंकले आर्थिक वर्ष २०७७–०७८ मा एक अर्ब ५४ करोड १३ लाख ९३ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा बैंकको यस्तो नाफा एक अर्ब ४१ करोड १५ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।
अहिले चुक्ता पुंजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब १४ अर्ब ६० करोड ३१ लाख १७ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब छ अर्ब एक करोड ४८ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब २१ करोड ९३ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने बैंकले ९८ अर्ब ३७ करोड सात लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४५ करोड २५ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ४६ करोड २१ लाख ६७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
प्रतिक्रिया