बिहीबार, वैशाख ११, २०८२

फोटोन मोटर्सको अब देश भरि सर्भिस नेटवर्क

नेपालखोज २०७८ भदौ ३१ गते १६:२९

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभरि विस्तार गरेको जनाएको छ ।

अब देशको अधिकांश ग्राहकले २५ भन्दा बढी वर्कसपबाट एक घण्टा भित्र सेवा पाउनेछन् । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ग्राहकसंग निरन्तर सम्बन्ध राम्रो बनाई राख्न चाहने कम्पनिका सर्भिस हेड विदेश मानसिंह डंगोलले बताए ।

कम्पनीले आउने वर्षमा पनि आक्रामक रुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजनामा रहेको उनले जानकारी दिए । ग्राहकले सर्भिस सम्बन्धि जानकारी ९८०२०५७७२१ र ९८६०२४३६१६ मा कल गरेर लिन सकिने बताएको छ ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९–सिट क्षमताको भ्यान भ्यु सीएस २ एल र १६–सिट क्षमताको भ्यान भ्यु सीएस २ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।

प्रतिक्रिया