‘सेन्चुरीको मोबाइल बैंकिङ एपबाट आन्तरिक विप्रेषण पठाउन सकिने’

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैकिङ एप सेन्चुरी पेबाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।
यसअन्तर्गत सेन्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ । सेवा सञ्चालनमा आएसँगैं बैंकका ग्राहकले आन्तरिक विप्रेषण सोझै मोबाइल बैंकिङ एपबाटै पठाउन सक्नेछन् ।
आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाईल बैंकिङ एपमा रहेको सेन्चुरी रेमिटमार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सकिनेछ । यसका साथै मोबाइल बैंकिङ एपमा रहेको रिसिभ रेमिट्यान्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिनेछ ।
साथै यस सुविधाअन्तर्गत ग्राहकले सेन्चुरीका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेन्टमार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् ।
बैंकले काठमाडौं उपत्यकामा २३ शाखा र सात एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखा र तीन एक्स्टेन्सन काउन्टर साथै २४ शाखारहित बैंकिङ गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया