प्राइम कर्मसियल बैंकः जहाँ तपाईलाई आफ्नो बैंक भएको महसुस हुन्छ

काठमाडौं । काठमाडौंको न्युरोड, संधै व्यस्त र भिडभाड, कतै साँघुुरा गल्ली छ र कतै फराकिलो सडक ।
फराकिलो सडकमा व्यवसाय गर्नेहरुलाई त कर्जाको त्यति समस्या नहोला । तर साँघुरा गल्लीहरुमा आफ्नाे घर, पसल व्यवसाय भएर पनि व्यवसाय विस्तारको लागि बैंकको ढोकासम्म पुग्ने नसकेका आम नागरिकको आफ्नो बैंक हो, प्राईम कर्मसियल बैंक ।
प्र्राईम बैंक साना ठुला सबै किसिमका ग्राहकहरुको घर दैलोसम्म पुगेको छ । त्यही भएर त प्राईमलाई नेपाल कै घरेलु बैंक अर्थात (डोमेस्टिक बैंक) पनि मानिन्छ । स्वदेशी लगानी, सबै सञ्चालकहरु स्वदेशी त्यसमाथि पनि अधिकांश सञ्चालकहरु काठमाडाैंको रैथाने समुदाय भएकाले पनि प्राईमलाई आफ्नो बैंक मान्ने समुह यहाँ धेरै रहेको छ ।
यि धेरै व्यक्तिहरुको सुख अनि दुःखको सहयात्री बन्दै समृद्धिको रेखा कोर्न सफल प्राईम बैंकको सञ्चालक एवं व्यवस्थापन समिती निकै नै चुस्त दुरुस्त रहेको छ । बैंक सञ्चालक समितीको नेतृत्व अहिले राजेन्द्रदास श्रेष्ठले गर्दे आएका छन् भने व्यवस्थापन प्रमुखको नेतृत्व बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले गर्दे आएका छन् ।
यो समुहले नियनकारी निकाय नेपाल राष्ट्र बैंकको ऐन, नियम र परिधिभित्र रहेर आफ्ना सेयरधनी, लगानीकर्ता, ग्राहक, शुभचिन्तक सबैको विश्वास जित्दै अगाडि बढेको छ ।
यही विश्वासको उपज हो, प्राईम कर्मसियल बैंकको आजको दिनसम्मको व्यवसायीक सफलता । सन् २००७ मा नेपालको २१ औं वाणिज्य बैंकको रुपमा वित्तीय कारोवार शुभारम्भ गरेको प्राईमको पहुंच अहिले देशव्यापी रहेको छ । बैंकले काठमाडौ उपत्यका भित्र ४९ वटा र उपत्यका बाहिर एक सय ३९ वटा शाखा मार्फत् आफना आम ग्राहकहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले आर्थिक बर्ष २०७७–०७८ मा तीन अर्ब २५ करोड ४७ लाख ७७ हजार चार सय २१ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले दुुई अर्ब २५ करोड १४ लाख ७८ हजार तीन सय रुपैयाँ खुुद मुनाफा कमाएको थियो ।
चुक्ता पुंजी १६ अर्ब आठ करोड ३० लाख ३६ हजार नौ सय रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ५४ अर्ब १४ करोड ९९ लाख ६५ हजार चार सय ४५ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ३७ करोड ६६ लाख ४९ हजार सात सय १९ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा पाँच अर्ब ९५ करोड २१ लाख ११ हजार १२ रुपैयाँ खूद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ चार दशमलव नौ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुुई अर्ब ६६ करोड ३१ लाख ८७ हजार एक सय २२ रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब १९ अर्ब ४४ करोड १६ लाख १३ हजार छ सय २३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ४३ करोड ५७ लाख ९३ हजार ६९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा चार अर्ब ६४ करोड छ लाख २१ हजार ८० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
प्रतिक्रिया