संखुवासभा हत्याकाण्ड : प्रहरीले थप चार जनालाई सार्वजनिक गर्दै
नेपालखोज
२०७८ असोज ४ गते ११:१४

काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न थप चार जानालाई आज प्रहरीले सार्वजनिक गर्ने भएको छ ।
दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरूको पनि संलग्नता देखिएको विराटनगरका सूचना अधिकारी एसपी जीवनराज राईले जानकारी दिए ।
प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये केहीको संलग्नता र केही मतियारको रूपमा देखिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया