१०४ दशमलव ८८ अंकले बढ्यो नेप्से, काराेबार रकम ६ अर्ब नाघ्याे

काठमाडौं । नेप्सेमा उछाल देखिएको छ । अघिल्लो दिन १३ दशमलव ८३ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार नेप्से एक सय चार दशमलव ८८ अंकले बढेर २८ सय १६ दशमलव ९५ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ४७ अंकले बढेर पाँच सय २८ दशमलव १० अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय १७ वटा कम्पनीहरुको ७२ हजार सात सय १४ पटकको कारोबारमा एक करोड २१ लाख २२ हजार दुई सय ९८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब १७ करोड ९३ लाख एक सय ५८ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा आज १३ वटै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ६० दशमलव ९२ अंकले बढेर एक हजार नौ सय २० दशमलव ७५ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक तीन सय ८१ दशमलव ४२ अंकले बढेर पाँच हजार तीन सय आठ दशमलव १६ अंकमा चढेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि चार सय ४१ दशमलव ८७ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि पाँच सय ५१ दशमलव ७५ अंकले बढेर १५ हजार सात सय ४४ दशमलव ८० अंकमा चढेको छ ।
यी बाहेक जलविद्युत, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।
आज बेष्ट फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ९९ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर किनबेच हुँदा मञ्जुश्री फाइनान्सको ऋणपत्रको सेयर मूल्य एक दशमलव ४९ प्रतिशतले घटेर नौ सय ८५ रुपैयाँ १० पैसामा कारोबार भएको छ ।
यसैगरी आज अरुण भ्याली हाईड्रो पावर कम्पनीको प्रतिकित्ता छ सय ४२ रुपैयाँ अन्तिम मूल्यमा २३ करोड ३४ लाख ८५ हजार पाँच सय ११ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया