बिहीबार, वैशाख ११, २०८२

कामना बैंकले १९.४७ प्रतिशत लाभांश वितरण गर्ने

नेपालखोज २०७८ असोज ८ गते १७:२८

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

प्रतिक्रिया