स्रोत नखुलेको ९५ लाखसहित दुई जना पक्राउ
नेपालखोज
२०७८ असोज ९ गते १३:४५

काठमाडौं । नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको ९५ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।
सवारीसाधन जाँच गर्ने क्रममा गएराति नागढुंगास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो ।
उनको साथबाट ४५ लाख र कृष्णका साथबाट ५० लाख रुपैयाँ बरामद गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाइएको छ ।
चितवनबाट काठमाडौं आउदै गरेको ग १ ख ६६४५ नम्बरका माइक्रोमा सवार उनीहरुले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए ।
सम्बन्धित
प्रतिक्रिया