बुधबार, वैशाख १०, २०८२

साहस ऊर्जामा आईपीओ भर्ने आज अन्तिम दिन

नेपालखोज २०७८ असोज १० गते १२:१२

काठमाडौं । साहस उर्जाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री खुलाएको थियो ।

गत साताको शुक्रबारसम्ममा आईपीओमा करिब १८ लाख जनाको आवेदन परिसकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

उर्जाको आईपीओमा सर्वसाधारणले १० कित्तादेखि १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोसी जलविद्युत आयोजना बनाइरहेको छ ।

प्रतिक्रिया