आइतबार, वैशाख ७, २०८२

साओमीमा ६४ मेगापिक्सेलको ४ क्यामेरा

नेपालखोज २०७८ असोज १३ गते ९:२३

काठमाडौं । साओमीका स्मार्टफोन कम मूल्यमा राम्रो क्यामेरा र ब्याट्रीका लागि चर्चित छन् ।

साओमीले केही समयअघि रेडमी नोट-१० फोन बजारमा ल्याएको थियो । योसँगै यसको अपग्रेडेट भर्सन रेडमी नोट-१० एस पनि बजारमा उपलब्ध छ । यो फोन करिब २४ हजारमा खरिद गर्न सकिन्छ । जसमा ६ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको एउटा भेरियन्ट अनि ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको अर्को गरी दुई भेरियन्ट छनोट गर्न सकिन्छ ।

रेडमी नोट-१० एसमा ६.४३ इन्चको फुल एचडी प्लस AMOLDED डिस्प्ले प्रयोग गरिएको छ । जुन १,०८०×२,४०० पिक्सेल स्क्रिन रेज्युलेसनका साथ राम्रो पिक्चर क्वालिटीमा उपलब्ध हुन्छ । स्क्रिन प्रोटेक्सनका लागि यसमा कोर्निङ गोरिल्ला ग्लास ३ जडान गरिएको छ । यो फोनले MIUI १२.५ मा आधारित एड्रोइड ११ मा काम गर्छ । यो फोन २.०५ गिगाहर्ज मिडियाटेक हेलियो जी-९५ प्रोसेसरले सुसज्जित छ ।

क्वाड क्यामेरा सेटअप
रेडमी नोट-१० एसमा क्वाड क्यामेरा सेटअप दिइएको छ । यसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स, २ मेगापिक्सेलको माइक्रो लेन्स तथा २ मेगापिक्सेलको डेप्थ सेन्सर प्रयोग भएको छ । सेल्फी र भिडियो कलका लागि यो नयाँ फोनमा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

पावरका लागि यो फोनमा ३३ वाटको फास्ट चार्जिङ सपोर्टका साथ ५ हजार एमएएचको ब्याट्री दिइएको छ । सेक्युरिटी फिचरका रुपमा रेडमी नोट-१० एसमा साइड माउन्टेड फिङरप्रिन्ट स्क्यानर उपलब्ध हुन्छ ।

प्रतिक्रिया