बिहीबार, वैशाख ११, २०८२

कोका–कोलाको दसैं अभियान ‘धन्यवाद’

नेपालखोज २०७८ असोज १३ गते २०:४३

काठमाडौं । सन् २०२० को सुरुमा महामारी फैलिएको बेलादेखि नै नेपालले चुनौतीपूर्ण समयको अनुभव गरेको थियो । ती कठिन पलहरुमा साथीहरु, परिवार र फ्रन्टलाइन कामदारहरु आशा र समर्थन प्रदान गर्ने सहयात्रीको रुपमा थिए ।

कोका–कोलाले यस वर्षको दसैं अभियान धन्यबाद शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ । यसको मुख्य आशय उक्त कठिन समयमा साथीका साथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोटलमार्फत धन्यवाद प्रकट गर्नु हो ।

कोका–कोलाले हाम्रा सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ, जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मीहरु रहेका छन् । नियमित कोकका लेबलहरुलाई यस दसैंको पावन अवसरमा धन्यवाद लखिएको लेबलले साँटिएको छ, जसलाई हामीले हाम्रो जीवनमा फरक पारेको समपर्णको रुपमा लिएका छौं ।

विगत ५ बर्षदेखि कोका–कोलाले ग्लोबल सेयर ए कोक अभियान अन्तर्गत इनोभेटिभ विषयवस्तुहरु प्रस्तुत गर्दै आएको छ, जसलाई मन खोलौं कोकसँगको रुपमा स्थानियकरण गरीएको थियो । यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको थियो । यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञा प्रकट गर्न एक कदम अगाडी बढाएको छ ।

यो नयाँ अभियानको सुरुवात औपचारिक रुपमा एक पत्रकार सम्मेलनमा गरिएको थियो, जहाँ अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको थियो । त्यही बेला नयाँ कोका–कोलाको दसैं टिभिसी पनि चित्रण गरिएको थियो । यो नयाँ टिभिसीमा गायक सुशान्त केसीको धन्यवाद शीर्षकको एउटा हृदयस्पर्शी गीत पनि रहेको छ ।

प्रतिक्रिया