काठमाडौंमा भिड गर्न नपाइने, जात्रा र महोत्सवमा पनि रोक
नेपालखोज
२०७८ असोज १४ गते १३:०९

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण कायम रहेको भन्दै भिडभाड, जात्रा र महोत्सवमा रोक लगाएको छ ।
विहीबारबाट अर्को आदेश नभएसम्मका लागि भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए ।
‘भिडभाड हुने सम्पुर्ण कामले संक्रमण बढेकाले आज निर्णय गर्दै सार्वजनिक गरेका छौं,’ उनले भने ‘अब नागरिक पनि सचेत बन्नुपर्यो ।’


सम्बन्धित
प्रतिक्रिया